सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै

सारांश

  • नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ ।
  • दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।
  • १० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

१४ जेठ, जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ ।

दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो । १० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा  इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एक सातादेखि धनुषा प्रहरीको हिरासतमा छन् । स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् । प्रहरी प्रवक्ता डिएसपी अवाले अदालतमा पेश गर्नुअघि सिरोहियाको स्वास्थ्य अवस्था सुधार भएको वा नभएको भन्ने विषयमा चिकित्सकसँग बुझ्ने काम भइरहेको बताए । उनका अनुसार स्वास्थ्य अवस्था जटिल भए भिडियो कन्फरेन्स मार्फत जिल्ला सरकारी वकिलको कार्यालयसँग छलफल गरी अदालतमा म्याद थपको लागि सिफारिस गरिने छ ।

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल घुम्न आएका एक भारतीय नागरिकको मृ*त्यु
नेपाल घुम्न आएका एक भारतीय नागरिकको मृ*त्यु
पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा दिनुपर्ने
पठाओ राइडर बन्न अब अनिवार्य परीक्षा दिनुपर्ने
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी