बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

सारांश

  • मन्त्रिपरिषद् बैठक बस्दै छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने तयारी छ ।
  • प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् ।

१८ साउन, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने तयारी छ । प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो । बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।

उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् । प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ ।प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
संसदीय छानविन बिशेष समिति सरकारका लागि मार्गनिर्देशक हो: गृहमन्त्री
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड
सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड
सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड
सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा