Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
४४ पटक हेरिएको
Shares
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ

सारांश

  • कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकैदिन ९ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
  • बरामद लागूऔषधको मात्रा उल्लेख्य रहेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सम्बन्धित इकाइका प्रहरी अधिकृतहरुले जनाएका छन् ।
  • कैलालीमा मात्रै ३ जनालाई पक्राउ परेका छन् ।

३ मंसिर, धनगढी ।

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकैदिन ९ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । बरामद लागूऔषधको मात्रा उल्लेख्य रहेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सम्बन्धित इकाइका प्रहरी अधिकृतहरुले जनाएका छन् । कैलालीमा मात्रै ३ जनालाई पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ गेटास्थित बिस्कुट फ्याक्ट्री अगाडि शंकास्पद रूपमा देखिएका २७ वर्षीय अनिल चौधरीलाई एक ग्राम १२० मिलिग्राम खैरो हेरोइन पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, घोडाघोडी नगरपालिका–६ को झलझलिया जंगलबाट २ जना पक्राउ परेका छन् । लागूऔषध कारोबार तथा सेवन भइरहेको भन्ने सूचनाका आधारमा ३० वर्षीय भिमबहादुर दमाई र २६ वर्षीय तपेन्द्र बहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट तीन ग्राम १३० मिलीग्राम र घरमा लुकाएको अवस्थामा थप पाँच ग्राम २५० मिलिग्राम गरेर ८.३९० ग्राम खैरे हेराइन बरामद गरिएको प्रहरीको भनाइ छ । यस्तै, कञ्चनपुरमा चार छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१० को सडकघाटबाट ४.५४० ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् ।

सडकघाट क्षेत्रमा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको सुदूरपश्चिम प्रदेश ०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुलाई प्रहरी टोलीले चेकजाँच गर्दा २६ वर्षीय रामजनम चौधरी र कैलालीको गोदावरी नगरपालिका–८ का २८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरिएको हो । बेलौरी नगरपालिका–६ को खैराना क्षेत्रबाट एक महिला पनि पक्राउ परेकी छन् । भारतबाट नेपालतर्फ आउँदै गरेकी ३१ वर्षीया सावित्री चौधरीलाई ४ ग्राम ५२० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो । भिमदत्त नगरपालिका–११ गड्डाचौकी चेकपोस्टबाट नेपाल प्रवेश गर्दै गरेका बेदकोट–९ का २१ वर्षीय अरबिन्द रोकाया, भिमदत्त–३ का २० वर्षीय सुमित साउँद र भिमदत्त–१० का २१ वर्षीय साजन कठायतलाई पनि प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ । तीनै जनाको साथबाट २०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
पाकिस्तानको ‘कब्जा’बाट ५०४ घण्टापछि मुक्त भए भारतीय सुरक्षा बलका जवान
अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव
अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव
घट्यो पेट्रोलियम पदार्थको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु
मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज