प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् ।
  • आयोगका अध्यक्षसमेत रहेका उनले आज (आइतबार) बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
  • बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

 

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् । आयोगका अध्यक्षसमेत रहेका उनले आज (आइतबार) बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी भइरहेको स्रोतले जनाएको छ । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेका बेला आयोगको बैठक बोलाइएको हो । तर आजको बैठकको एजेन्डामा विवादित पीजी भर्नाको विषय भने उल्लेख छैन । आयोगको बैठकका एजेन्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षा, चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधिलगायत एजेनडा तय भएका छन् ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ