Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

सारांश

  •   सांसदहरुले हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा एक्कासी आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका पहल गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
  • प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा पुनःउद्धार गर्नका लागि उहाँहरुले ध्यानाकर्षण गर्नुभएको हो ।
  • सांसद ज्ञानबहादुर शाहीले हुम्लामा गएको लेदोसहितको पहिराका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गर्नुभयो ।

 

६ जेठ, काठमाडौं । 

सांसदहरुले हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा एक्कासी आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका पहल गर्न सरकारलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा पुनःउद्धार गर्नका लागि उहाँहरुले ध्यानाकर्षण गर्नुभएको हो ।

सांसद ज्ञानबहादुर शाहीले हुम्लामा गएको लेदोसहितको पहिराका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गर्नुभयो । “पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन । मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन ? कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस्,” उहाँले भन्नुभयो । सांसद सूर्यकुमारी श्रेष्ठले पनि हुम्लामा गएको पहिरो पीडितलाई समयमा नै राहतको व्यवस्था गर्नका लागि आग्रह गर्नुभयो । सांसद डा स्वर्णिम वाग्लेले तनुहँमा बन्दै गरेको दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ढिला गर्न नहुने बताउनुभएको छ । सांसद सीताकुमारी रानाले तीन दिन वर्षाको सम्भावना रहेकाले यसबाट हुने क्षतिबाट बच्न सर्वसाधरणलाई आग्रह गर्दै पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।

सांसद सीता मिजारले सरकारी प्रणालीलाई विद्युतीकरण गर्न जरुरी रहेको बताउनुभयो । सांसद सुनिता बरालले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सांसद सुमना श्रेष्ठले मिटरब्याजपीडितलाई समयमा नै न्याय दिनुपर्ने र पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सुशीला सिर्पाली ठकुुरीले विदेश जाने संख्या बढिरहेको भन्दै स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सुशीला श्रेष्ठले सबै सुशासन कायम नगर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनका लागि सुझाव दिनुभयो भने सांसद सुहाङ नेम्वाङले योजना बनाउनुभन्दा पनि योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सूर्यप्रसाद ढकालले विद्युत् प्राधिकरणको घाटाबारे यथार्थ सदनमा प्रस्तुत गर्नका लागि आग्रह गर्नुभयो । सांसद सूर्यबहादुर थापाले बजेट विनियोजनका क्रममा निर्वाचित प्रतिनिधिले ल्याएका योजना समाहित गर्न माग गर्नुभयो ।

सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा भत्किएको पुल निर्माण हुन नसक्दा वर्षाको समयमा एम्बुलेन्ससम्म आवतजावत गर्न असहज हुने भन्दै समयमा नै निर्माण अगाडि बढाउन सरकारलाई आग्रह गर्नुभयो । सांसद हरि ढकालले राप्ती नगरपालिकामा बेथितिले सीमा नाघेको आरोप लगाउँदै नौ महिनामा चारजना अधिकृत परिवर्तन भई अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको भन्दै तत्काल पठाउन माग गर्नुभयो । सांसद हेमराज राईले सगरमाथा संवादको सफल आयोजना गरेर वातावरणीय संरक्षणका लागि सामूहिक प्रतिबद्धताका लागि विश्वको ध्यानाकर्षण भएको बताउनुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले प्रि मनसनु सुरु भएसँगै लेदोसहितको पहिरो गएको भन्दै विपद्का घटना बढ्न सक्ने भन्दै उद्धारका लागि सरकारले केही तयारी गर्न नसकेको भन्दै बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन
कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
पत्रकार सम्मेलन गर्दै देउवा समूह
पत्रकार सम्मेलन गर्दै देउवा समूह
मैत्रीपूर्ण फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मैत्रीपूर्ण फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?