पत्रकार सम्मेलन गर्दै देउवा समूह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २, २०८२
|
|
३० पटक हेरिएको
Shares
पत्रकार सम्मेलन गर्दै देउवा समूह

सारांश

  • नेपाली कांग्रेसको देउवा समूहले आज (माघ २) पत्रकार सम्मेलन गर्दै छ ।
  • देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
  • दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरिनेछ ।

 

२ माघ, काठमाडौं ।

नेपाली कांग्रेसको देउवा समूहले आज (माघ २) पत्रकार सम्मेलन गर्दै छ । देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरिनेछ । पत्रकार सम्मेलनमा देउवा समूहका केन्द्रीय नेताहरूको उपस्थिति रहने पौडेलले जानकारी दिए ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार (पुस ३०) राति सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापासहितको केन्द्रीय समिति निर्वाचित भएको छ । विशेष महाधिवेशनलाई देउवा समूहले मान्यता दिएको छैन । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन समेत दिइएपछि देउवा समूहले पत्रकार सम्मेलन गर्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ