नेपाली कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
सारांश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक डाकेको छ।
- भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
- बैठकमा नेता ढुन्डीराज पाख्रिनको निधन भएको र उनको निधनको शोक प्रस्ताव पारित गर्नका लागि बैठक डाकिएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

३ असार, काठमाडौं ।
नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक डाकेको छ। भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा नेता ढुन्डीराज पाख्रिनको निधन भएको र उनको निधनको शोक प्रस्ताव पारित गर्नका लागि बैठक डाकिएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार शव यात्रा भोलि बिहान ९ बजे सुरु हुनेछ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया