उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव

सारांश

  • नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ ।
  • एमालेका सांसद गोकुल बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझावदिएका हुन् ।
  • सत्तारुढ दलहरुबीच उपसभामुखलाई हटाउने विषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनुनै उपयुक्त हुने बताएका हुन्।

 

२५ भदौ , काठमाडौँ । नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ ।एमालेका सांसद गोकुल बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझावदिएका हुन् । सत्तारुढ दलहरुबीच उपसभामुखलाई हटाउने विषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनुनै उपयुक्त हुने बताएका हुन्। उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताए ।उनले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सहास राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरेका थिए । उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए । सांसद बास्कोटाले उपसभामुखलाई हटाउने नहटाउने विषय सरकारको भन्दा संसदको विषय भएको भन्दै भ्रम नफैलाउन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?