लगातार छैटौं दिन घट्यो सेयर बजार, सबै सूचक ओर्लिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
१५८ पटक हेरिएको
Shares
लगातार छैटौं दिन घट्यो सेयर बजार, सबै सूचक ओर्लिए

सारांश

  • लगातार छैटौं कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ ।
  • गत साताका पाँचै दिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार १६.
  • ५४ अंक घटेरै बन्द भयो ।

 

१५ असार, काठमाडौं ।

लगातार छैटौं कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ । गत साताका पाँचै दिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार १६.५४ अंक घटेरै बन्द भयो । यो कमीसँगै नेप्से २६३२ अंकमा कायम भएको छ । गत साता सोमबार १.४६, मंगलबार २६.१७, बुधबार १४.४६, बिहीबार ८.५० र शुक्रबार २.०० अंक घटेको थियो ।आज बजार दिनभरजसो रातो अंकमा रह्यो । मुख्यतः नयाँ कम्पनी ऐन २०८३ को मस्यौदामा सेयर हस्तान्तरण वा खरिद बिक्री गर्दा त्यस्तो सेयरमा हक प्राप्त गर्ने व्यक्तिले १ प्रतिशतका दरले हस्तान्तरण शुल्क बुझाउने प्रस्ताव गरिएको विषयले पनि बजारलाई बढी प्रभाव पार्‍यो ।

यद्यपि यस्तो प्रस्ताव फिर्ता हुने सम्बद्ध पक्षले स्पष्ट पारिसकेका छन्। आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ६७ करोडको भयो। २९ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा १.३९, उत्पादन तथा प्रशोधन १.१४, होटल तथा पर्यटन १.१४ तथा फाइनान्स १.१३ प्रतिशत घटे । बैंकिङ ०.०९, विकास बैंक ०.७९, जलविद्युत् ०.७२, जीवन बीमा ०.६९, माइक्रोफाइनान्स ०.५९, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटे ।

४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत बढेका कम्पनीमा स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्त छन् । मूल्य १५ प्रतिशत बढ्नेमध्ये ३ कम्पनी हालै सूचीकृत भएका हुन् । त्यस्तै लक्ष्मी सनराइज बैंकको २.६४, नेपाल रिपब्लिक मिडियाको २.४९ प्रतिशत मूल्य बढ्यो । स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.८३ प्रतिशत घट्यो । सोपान फर्मास्युटिकल्सको ४.५०, एसियन हाइड्रोपावरको ४.४० तथा शिखर पावरको ३.७९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स र आँखुखोला जलविद्युत् छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?