जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
१७ पटक हेरिएको
Shares
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा

सारांश

  • आरजु राणा देउवाले पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेकी छन् ।
  • जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल-जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन्।
  • मन्त्री राणाले भनिन्, ‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयहरुका साथै नेपालमा जापानको सहयोग र परियोजनाहरुका बारेमा कुराकानी भयो ।

११ जेठ, काठमाडौं 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेकी छन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल-जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन्।

मन्त्री राणाले भनिन्, ‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयहरुका साथै नेपालमा जापानको सहयोग र परियोजनाहरुका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशहरुले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाहरुका बारेमा पनि जान्ने मौका मिल्यो ।’  परराष्ट्रमन्त्री डा. राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन्।   त्यसैगरी मन्त्री डा. राणाले जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन्।

भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत् जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाहरुका बारेमा कुराकानी गरेकी थिइन् ।  यसअघि उनीसँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन्। गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री राणाले धन्यवाद ज्ञापन गरिन्। जापानमा रहँदा मन्त्री डा. राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गरेकी थिइन्। उनी गत सोमबार जापान गएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी
उपसभामुख हटाउन कांग्रेस-एमाले सांसदको हस्ताक्षर जारी
अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ
अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

तपाईंले छुटाउनुभयो कि?