मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु

सारांश

  • पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ लोथरबजारमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा म्याजिक भ्यान चालक राक्सिराङ ४ बस्ने वर्ष ३०/३२ को सन्देश कोइरालाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
  • चितवनबाट हेटौंडातर्फ आइरहेको बागमती प्रदेश ०३ ००६ ख ५६८१ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ००१ च ३०१२ नम्बरको म्याजिक गाडी आज बिहान करिब सवा तीन बजेतिर ठोक्किएका थिए ।

१५ चैत, काठमाडौं ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ लोथरबजारमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा म्याजिक भ्यान चालक राक्सिराङ ४ बस्ने वर्ष ३०/३२ को सन्देश कोइरालाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

चितवनबाट हेटौंडातर्फ आइरहेको बागमती प्रदेश ०३ ००६ ख ५६८१ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ००१ च ३०१२ नम्बरको म्याजिक गाडी आज बिहान करिब सवा तीन बजेतिर ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका म्याजिक भ्यान चालक कोइरालालाई उपचार गर्न चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको थियो ।

त्यहाँ उपचारको क्रममा आज बिहान सवा चार बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ । बस र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ । कोइरालाको मृत्यु भएपनि स्थानीयवासीले मनहरी बजारस्थित सडक अवरुद्ध पारेका थिए । अहिले सडक खुलिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री
निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ
पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण
पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
इनिशा बिक ह*त्या प्रकरण : सकिएन अनुसन्धान, उठेन श*व
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ
युवालाई देशमै रोक्न शिक्षा र रोजगारीमा सुधार आवश्यक : सुमना श्रेष्ठ