रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
३२ पटक हेरिएको
Shares
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला

सारांश

  • बाँकेका योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।
  • रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो ।
  • न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनवाइ भएको थियो ।

१६ कात्तिक, काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनवाइ भएको थियो । सुनुवाइ सकिएकाले आज फैसला आउने सर्वोच्च प्रशासनले जनाएको छ । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए । लगत्तै ढकाल कारागारबाट मुक्त भएका थिए ।

तर ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै गत १७ असोजदेखि माइतीघरमा अनशन सुरु गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् । दशैं बिदामा अनसन स्थगित गरेकी उनले ११ कात्तिकदेखि फेरि रिले अनसन जारी राखेकी छन् । १३ कात्तिकमा रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने क्रममा बेहोस भएपछि उनलाई बीर अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृ*त्यु
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ
‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ईशनाथका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु
नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु