अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन, राष्ट्र बैंकमा ४ खर्ब थुप्रियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन, राष्ट्र बैंकमा ४ खर्ब थुप्रियो

सारांश

  • नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाउन बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ ।
  • केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतमा झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।
  • केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता र अल्पकालीन ब्याजदरलाई हेरेर तरलता खिच्ने र पठाउने गर्छ ।

२८ जेठ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाउन बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतमा झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता र अल्पकालीन ब्याजदरलाई हेरेर तरलता खिच्ने र पठाउने गर्छ । पछिल्लो समयमा कर्जाको माग बढ्न नसक्दा र रेमिट्यान्स आप्रवाह निरन्तर वृद्धि हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएको छ ।

केन्द्रीय बैंकले अल्पकालीन ब्याजदरलाई ब्याजदर करिडोर मार्फत सन्तुलित बनाउँदै आएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता अभाव भएको खण्डमा ब्याजदर करिडोरको माथिल्लो सीमा अर्थात बैंक दर (६.५) प्रतिशतमा स्थायी तरलता सुविधा मार्फत पैसा दिन्छ । त्यसैगरी अधिक तरलता भएको खण्डमा स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्छ । स्थायी निक्षेप सुविधा दर ३ प्रतिशत तोकेको छ ।केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत भन्दा तल अन्तर बैंक दर साताको दुईपटकसम्म निक्षेप संकलन गरेको छ । यसै साताको आइतबार ४२ दिने निक्षेप संकलन गरेको केन्द्रीय बैंकले बुधबार पुन ४० अर्बको निक्षेप बोलकबोल गर्ने भएको हो ।

बुधबार जेठ ७ गते लिएको ५० अर्बको निक्षेप परिपक्क हुँदैछ । त्यसैगरी केन्द्रीय बैंकले स्थायी निक्षेप मार्फत लिएको पैसा पनि परिपक्क हुने भएपछि ४० अर्ब २१ निक्षेप संकलन आह्वान गरेको हो । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर घटेपछि बोलकबोल मार्फत ब्याजदर निर्धारण गरी बढाउन खोजेको हा । निक्षेप संकलन मार्फत तरलता खिचेपछि तरलता घट्ने बित्तीकै बैंक वित्तीय संस्थाले धेरै ब्याजको माग गर्छन । त्यसपछि ब्याजदर बढ्न जान्छ । यो साताको आइतबार जारी भएको निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.९९३५ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बुधबारसम्ममा केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको ३ खर्ब ९७ अर्ब रुपैयाँ थुप्रिएको छ । यो रकम मध्ये २ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलनको हो भने एक खर्ब ४१ अर्ब रुपैयाँ स्थायी निक्षेप संकलनको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै
कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने