पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
१३३ पटक हेरिएको
Shares
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

सारांश

  • पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्।
  • उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
  • २०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.

२२ वैशाख, जाजरकोट।

पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्। उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। २०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा व्यापक जनधनको क्षति पुर्याएको थियो। उक्त विपद्मा १ सय ५० भन्दा बढी नागरिकको ज्यान गएको थियो भने हजारौं घरधुरी प्रभावित बनेका थिए।

भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माण कार्य प्रभावकारी रूपमा अगाडि नबढेको भन्दै पीडितहरूले सरकारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार अझै धेरै परिवार टिनको टहरामै कष्टकर जीवन बिताइरहेका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारलाई दबाब सिर्जना गर्न आन्दोलन गरिएको प्रदर्शनमा सहभागीहरुले बताए। पीडितहरूले दैनिक कठिनाइ झेलिरहे पनि राज्यले पर्याप्त चासो नदिएको उनीहरुको गुनासो छ। प्रदर्शनकारीहरूले पुनर्निर्माणलाई तीव्रता दिन ११ बुँदे मागसमेत सार्वजनिक गरेका छन्। उनीहरूले राहत तथा अनुदान वितरणमा भइरहेको ढिलाइ अन्त्य गर्न, क्षति विवरण पुनः मूल्याङ्कन गर्न, लाभग्राहीलाई शीघ्र अनुदान उपलब्ध गराउन, भूकम्प प्रतिरोधी घर निर्माणलाई सुनिश्चित गर्न तथा जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्ने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृ*त्यु
इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृ*त्यु
पृथ्वीराजमार्ग अन्तरगत  फिस्लिङमा लेदोसहितको पहिरो
पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङमा लेदोसहितको पहिरो
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप