सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एनपीएलको तयारी पूरा खेल राति पनि हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
४९ पटक हेरिएको
Shares
एनपीएलको तयारी पूरा खेल राति पनि हुने

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
  • नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
  • पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ ।

२९ कात्तिक, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए । एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको सचिव खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो । उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।

आयोजक क्यानले यसपटक ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ ।  पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा राखिएको बताए । ‘टिम ओनरबाट ९ करोड प्राप्त हुनेछ । यसपटक डिजिटल प्लाटफर्ट ओटीटी ल्याएका छौं’, उनले थप आयबारे जानकारी दिँदै भने, ‘डिसहोमको डिसहोम गोबाट ५ करोड ३० लाखमा बिड भएको छ ।संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ डिस होम रहेनेछ ।’ आज नै लिनर टिभी फाइनल भएको छ । त्यसको न्युनतम रकम एक करोड रहेको छ । त्यो भन्दा बढी आउने अपेक्षा राखिएको कोषाध्यक्ष खड्काले बताए । यस्तै, ८ देखि १२ करोड टिकटबाट संकलन हुने उनको भनाइ छ । एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदैछन् । एनपीएलको उद्घाटन खेल  मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ