अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
१९ पटक हेरिएको
Shares
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त

सारांश

  • एमाले सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मै पठाउन उचित हुने बताएका छन् ।
  • मंगलबार संसदको शून्य समयमा उनले भने, ‘सरकारले विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टीको अनुभूति गरेर अहिले पढेको विश्वविद्यलायमा पठाउनु उचित हुन्छ ।
  • ’ क्रेडिट आवर मिलाएर आएमा नेपालका काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने भनिरहेका बेला सांसद पन्तले विद्यार्थीलाई क्रेडिट आवर मिलाउन समस्या हुने भएकाले अहिले जुन विश्वविद्यालयमा पढिरहेको हो त्यसैमा पठाउन उचित हुने बताएका हुन् ।

१३ फागुन, काठमाडौं । एमाले सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मै पठाउन उचित हुने बताएका छन् । मंगलबार संसदको शून्य समयमा उनले भने, ‘सरकारले विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टीको अनुभूति गरेर अहिले पढेको विश्वविद्यलायमा पठाउनु उचित हुन्छ ।’

क्रेडिट आवर मिलाएर आएमा नेपालका काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने भनिरहेका बेला सांसद पन्तले विद्यार्थीलाई क्रेडिट आवर मिलाउन समस्या हुने भएकाले अहिले जुन विश्वविद्यालयमा पढिरहेको हो त्यसैमा पठाउन उचित हुने बताएका हुन् । ‘केआईआईटीबाट फर्किएको विद्यार्थीलाई क्रेडिट आवर मिलाएर आए यहीँ पढाउन सकिन्छ भन्ने दिशातर्फ केयू र पूर्वाञ्चाल विश्वविद्यालयले वर्कआउट गरेको समाचार आएको छ’, उनले भने, ‘क्रेडिट आवर मिलाउन अलि जटिल हुन सक्छ ।’

सांसद पन्तले अगाडि भने, ‘विश्वविद्यालय अनुदान आयोगले त्यो प्रक्रिया छ भन्नेबारे प्रष्ट पारेको छैन । फर्किन चाहँदैनन् भने क्रेडिट आवर लिएर आएमा पढ्न खोज्दा यहाँ पढ्न पाउँछन् कि पाउादैनन् ? यसमा सरकारको दृष्टिकोण के हो ? सरकारले के गरिरहेको छ । ?’केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विषम परिस्थिति बनेपछि अधिकांश नेपाली विद्यार्थी स्वदेश फिर्ता भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना प्रहरीको हिरासतमा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना प्रहरीको हिरासतमा
यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेत भिड्दै
यू-१९ महिला विश्वकप एसिया छनोटमा आज नेपाल र कुबेत भिड्दै
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
एक करोड १५ लाख लिटर दूध प्रशोधन
एक करोड १५ लाख लिटर दूध प्रशोधन
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै