प्रतिनिधि सभा बैठकको शून्य समय : कुन सांसदले भने भने ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
३७ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठकको शून्य समय : कुन सांसदले भने भने ?

सारांश

  • प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले दुग्ध किसानहरूको करिब ७ अर्ब रुपैयाँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेकी छन् ।
  • बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले दुग्ध किसानहरूले सरकारी निकाय र निजी डेरीहरूबाट करिब ७ अर्ब रुपैयाँ नपाएका भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरिन् ।
  • उनले दूध, दुग्धजन्य पदार्थमा नेपाल आत्मनिर्भर भएको भन्दै यसको आयातलाई रोक्न पनि माग गरिन् ।

१६ कार्तिक, काठमाडौँ । प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले दुग्ध किसानहरूको करिब ७ अर्ब रुपैयाँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले दुग्ध किसानहरूले सरकारी निकाय र निजी डेरीहरूबाट करिब ७ अर्ब रुपैयाँ नपाएका भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरिन् । उनले दूध, दुग्धजन्य पदार्थमा नेपाल आत्मनिर्भर भएको भन्दै यसको आयातलाई रोक्न पनि माग गरिन् ।  यसैगरी प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सडक दुर्घटना निरन्तर बढिरहेको भन्दै सडक दुर्घटना नियन्त्रणका लागि नियमनकारी निकाय आवश्यक रहेकाले सडक सुरक्षा परिषद् निर्माण गर्न माग गरिन् । उनले असुरक्षित सडक, सवारी साधनको गुणस्तर मापनमा कमजोरी र चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको बताइन् ।

उनले भनिन्, ‘असुरक्षित, मापदण्डविहिन सडक, सवारी साधनको गुणस्तर मापनमा कमजोरी, चालकका लापरबाहीका कारण दुर्घटना नागरिक जीवनको क्षतिको एक नियति बनेको छ । सडक दुर्घटनालाई कम गर्नका लागि छुट्टै नियमनकारी निकाय आवश्यक भएकोले सडक सुरक्षा परिषद् निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’ प्रतिनिधि सभा सदस्य विनीताकुमारी सिंहले आरती शाहको न्यायको निम्ति सरकारको ध्यानाकर्षण गराइन् ।  यसैगरी प्रतिनिधि सभा सदस्य बिना लामाले तिहारमा चिनीको आवश्यक पर्ने भएकाले जनतालाई सुपथ मूल्यमा चिनी उपलब्ध गराउन सरकारलाई आग्रह गरिन् ।  यसैगरी प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी लिन सरकारसँग आग्रह गरे । उनले काँकडभिट्टा नाका खुलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन् । यो प्रक्रियामा गम्भिर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउँदछु । भारत, बंगलादेश र भुटान तिन देशसँग निकटमा रहेको हाम्रो एकमात्र सीमा नाका काँकडभिट्टा हो । भारतीय अध्यागमनले पर्यटकको प्रवेश खुला नगरेका कारण काकडभिट्टा नाकामा पर्यटक आवागमनमा अवरोध जारी छ । यसले पर्यटन र समग्र व्यवसायमा असर परिरहेको छ । सरकारले अविलम्ब भारत सरकारसँग सम्वाद गरेर काकाभिट्टा नाका सुचारु गराउन म सरकारसमक्ष आग्रह गर्दछु ।’ प्रतिनिधि सभा सदस्य शान्ति बि.क.ले पत्रकारको न्युनतम पारिश्रमिक वृद्धि गराई कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीको कम्बोडियामा लगानी भएको भ्रम छरिरहेको भन्दै प्रसाईंलाई कारबाही गर्न माग गरिन् । उनले भनिन्, ‘मुलुकमा जात, जातिको नाममा, धर्मको नाममा वा अन्य अराजक गतिविधि गरि यो व्यवस्थालाई कमजोर गर्ने काममा ज्यान फालेर अराजक तत्व लागिरहेका छन् । यतिखेर दुर्गा प्रसाईँ जस्ता अराजक भिडले प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन् । सुशासन र विकासमा सबैभन्दा योग्य सावित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो । यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्वलाई सरकारले कारबाहीको दायरामा ल्याउनका निम्ति सम्माननीय सभामुखज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रतिनिधि सभा सदस्य सरिता भुसालले नेपालको घिउको अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको भन्दै घिउलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

यस्तै प्रतिनिधि सभा सदस्य शान्ति चौधरीले बस र प्लेन भाडा बढेको भन्दै समयमै नियन्त्रण गर्न सरकारलाई आग्रह गरिन् । यसैगरी प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले मुक्त कमैया अहिलेपनि भूमि र आवासविहिन भइरहेका भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । प्रतिनिधि सभा सदस्य सुशिला थिङले आरती साहको न्यायको निम्ति माईतीघर मण्डलामा अनशनरत व्यक्तिहरुलाई प्रहरीले दमन गरेको भन्दै यस घटनाप्रति छानविन गर्न समिति गठन गर्न माग गरिन् । प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले ०४७ साल पछि राज्यको माथिल्लो तहमा पुगेका सबैको सम्पत्ति छानविन गर्न माग गरे । प्रतिनिधि सभा बैठकको शून्य समयमा प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले एक मिनेट उभिएर मौन धारण गरे । उनले आफूलाई उपलब्ध भएको समयमा विरोध स्वरुप केही नबोलि एक मिनेट उभिएर बसेका हुन् ।  त्यसैगरी अन्य सांसदहरुले समेत शून्य समयमा बोल्दै आ–आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा भइरहेका विकास निर्माणका कामहरुको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
झिनो अंकले बढ्यो सेयरबजार, १३ अर्ब नाघ्यो कारोबार
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा
बजेट संशोधन गदै काठमाडौं महानगर, बोलाइयो नगरसभा
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
राहदानी विभागबाट आइडेमिया बाहिरिने, दुई जर्मन कम्पनी भित्रिँदै
पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुन्छ, शेखर कोइराला
पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुन्छ, शेखर कोइराला
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ