२ दिनमा ३२ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
२ दिनमा ३२ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • गएका दुई दिनमा तीन हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज थोरै बढेको छ।
  • चाँदी पनि आज महँगिएको छ।
  •   सुनको मूल्यमा आज प्रतितोला एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

१२ असार, काठमाडौं ।

गएका दुई दिनमा तीन हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज थोरै बढेको छ। चाँदी पनि आज महँगिएको छ।  सुनको मूल्यमा आज प्रतितोला एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलाको एक लाख ९२ हजार तीनसय रुपैयाँ कायम भएको छ।

गएको मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सातसय र बुधबार एक हजार पाँचसय रुपैयाँ घटेको थियो। हिजो सुनको मूल्य तोलाको एक लाख ९२ हजार दुईसय रुपैयाँ थियो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार १७५ रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सहसचिवको सरुवा, शिक्षक सेवा आयोगका अधिकारी शिक्षा मन्त्रालयमा
तीन सहसचिवको सरुवा, शिक्षक सेवा आयोगका अधिकारी शिक्षा मन्त्रालयमा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग
राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग
भिजिट भिसा प्रकरण : पाँच दिनभित्र छानबिन संयन्त्र बनाउने एमालेको प्रतिबद्धता
भिजिट भिसा प्रकरण : पाँच दिनभित्र छानबिन संयन्त्र बनाउने एमालेको प्रतिबद्धता