अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
९३ पटक हेरिएको
Shares
अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन

सारांश

  •   सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी गरेको छ।
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’  स्वीकृत गरेको हो।
  • यससँगै देशैभरका सरकारी निकायमा यसको कार्यान्वयनका लागि बुधबार निर्देशन जारी गरेको छ।

२७ साउन, काठमाडौं । 

सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’  स्वीकृत गरेको हो। यससँगै देशैभरका सरकारी निकायमा यसको कार्यान्वयनका लागि बुधबार निर्देशन जारी गरेको छ।  यो मार्गदर्शनले विभिन्न सरकारी कार्यालयमा सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचा कायम गरेको छ। यसअघि रहेको विविधता र अन्योललाई हटाउन खोजिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने जनाइएको छ। यससँगै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने गरी सूचना प्रविधिमा आधारित बनाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। यस व्यवस्थाको पूर्ण कार्यान्वयनसँगै नागरिकले सरकारी कार्यालयपिच्छे फरक–फरक तरिकाले निवेदन लेख्नुपर्ने वा अन्योलमा पर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुनेछन्। जसले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एपमार्फत सजिलै लिन सकिने बाटो खुला भएको छ।  यस मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
गण्डकी प्रदेश : महालेखाद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा
जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
कोरिया पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने चाैधरी पक्राउ
कोरिया पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने चाैधरी पक्राउ
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन
मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
नेपालले यूएईलाई दियो ३१४ रनको फराकिलो लक्ष्य
नेपालले यूएईलाई दियो ३१४ रनको फराकिलो लक्ष्य
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो