जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सारांश

  •   जनकपुरधाम उपमहानगरपालिका विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
  • छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीलाई पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
  • झडपको क्रममा कैयौं प्रहरी र स्थानीय समान्य घाइते भएका छन् ।

१७ चैत, धनुषा । 

जनकपुरधाम उपमहानगरपालिका विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीलाई पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।झडपको क्रममा कैयौं प्रहरी र स्थानीय समान्य घाइते भएका छन् ।

गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थिए । घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । उनलाई छुरा दिने स्थानीय रामवरण महतोका छोरा राकेश महतो लगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् । गत चैत १३ गते पनि आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । घटनाको दुई साता पुग्दा समेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आँशुकी आमासहित स्थानीयले आइतबार बिहानदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
सिंहदरबारबाट प्रधानमन्त्री ओलीले गरे सगरमाथा संवादको घोषणा,
रास्वपाको बृहत्तर एकता घोषणा सभा सोमबार हुने
रास्वपाको बृहत्तर एकता घोषणा सभा सोमबार हुने
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
२१ लाख नगदसहित हुन्डी कारोबार आरोपमा एक महिला पक्राउ
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव
लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा 
लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा 
पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको समय तालिका सार्वजनिक
पशुपति देवपत्तनमा सञ्चालन हुने पूजा र जात्राको समय तालिका सार्वजनिक
कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै
कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै
इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना
इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना