कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?

सारांश

  • नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफैँबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न आग्रह गरेका छन् ।
  • आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाको विरोधकैबीच बोलेका घिमिरेले सहकारी ठगीको मुद्दा खेपिरहेका रवि लामिछानेलाई सभापति पदमा राख्नेले भिजिट भिसा प्रकरणमा नैतिकताको पाठ सिकाउन मिल्छ ?
  • भन्दै प्रश्न गरे ।

१ असार, काठमाडौं ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफैँबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न आग्रह गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाको विरोधकैबीच बोलेका घिमिरेले सहकारी ठगीको मुद्दा खेपिरहेका रवि लामिछानेलाई सभापति पदमा राख्नेले भिजिट भिसा प्रकरणमा नैतिकताको पाठ सिकाउन मिल्छ ? भन्दै प्रश्न गरे ।

‘पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण एवं संगठित अपराधका मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ?,’ उनले प्रश्न गरे । उनले संसदीय दलको नेता पनि उनैलाई राखेर अरूलाई नैतिकताको पाठ सिकाउन कति जाहेज हो ? भन्दै अर्को प्रश्न गरे । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन माग गर्दै रास्वपा सांसदले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
घुस ‘डिल’ प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाइँदै
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ