आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १८, २०८२
|
|
४० पटक हेरिएको
Shares
आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ ।
  • निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरू आजसम्म मात्र गर्न पाइनेछन् ।
  • निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भई मतदान सम्पन्न नहुँदासम्म लागू हुनेछ ।

 

१८ फागुन,काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरू आजसम्म मात्र गर्न पाइनेछन् । निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भई मतदान सम्पन्न नहुँदासम्म लागू हुनेछ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइने छैन ।

आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि लागू हुने भएकाले यस अवधिमा सभा, सम्मेलन, छलफल, अन्तक्र्रिया, कार्यशाला वा गोष्ठीजस्ता कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ । त्यस्तै मतदानको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने छ । यस अवधिमा कुनै पनि माध्यमबाट मत माग्न वा प्रचारप्रसार गर्न पाइने छैन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ