Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
५० पटक हेरिएको
Shares
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली

सारांश

  • जापानबाट भरतपुर महानगरपालिका भ्रमणका लागि आएको योकोसुका सिटीका प्रमुखसहितको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।
  • योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकिसहितको टोलीलाई आज महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गर्नुभयो ।
  • जापानबाट आएको कामिजीसहितको १० जनाको समूहलाई स्वागत गर्दै महानगरप्रमुख रेनु दाहालले नेपाल र जापानबीच १ सेप्टेम्वर, १९५६ मा दौत्य सम्बन्ध सुरु भई सद्भावपूर्ण सम्बन्ध, आपसी समझदारी तथा नेपालको पूर्वाधार र विकासका साथै अन्तरराष्ट्रिय मञ्चमा सहकार्य हुँदै आएको बताउनुभयो ।

 

१४ चैत,चितवन ।

जापानबाट भरतपुर महानगरपालिका भ्रमणका लागि आएको योकोसुका सिटीका प्रमुखसहितको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकिसहितको टोलीलाई आज महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गर्नुभयो ।

जापानबाट आएको कामिजीसहितको १० जनाको समूहलाई स्वागत गर्दै महानगरप्रमुख रेनु दाहालले नेपाल र जापानबीच १ सेप्टेम्वर, १९५६ मा दौत्य सम्बन्ध सुरु भई सद्भावपूर्ण सम्बन्ध, आपसी समझदारी तथा नेपालको पूर्वाधार र विकासका साथै अन्तरराष्ट्रिय मञ्चमा सहकार्य हुँदै आएको बताउनुभयो । दाहालले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा जनस्तरमा प्रगाढ र सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख दाहालले सन् २०२३ मार्च ६ देखि १५ सम्म जापान भ्रमण गर्नुभएको थियो । सो क्रममा भरतपुर महानगरपालिका र योकोसुका

सिटीबीच आपसी हितको उद्देश्यले समझदारी भएको थियो । भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापनमा जापानको सहयोगको अपेक्षा गरेको प्रमुख दाहालले बताउनुभयो । योकोसुका सिटीका प्रमुख कामिजीले भरतपुरको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताउनुभयो । जापानमा काम गर्न इच्छुक नेपाली नागरिकको अवस्थाबारे प्रत्यक्ष बुझ्न र जापानी भाषाको पढाइबारे प्रत्यक्ष हेर्न पाएको उहाँले जानकारी दिनुभयो । सो समूहले आज भरतपुर महानगपालिकाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
थापाथली पुलमुनि एक युवकको श*व फेला
थापाथली पुलमुनि एक युवकको श*व फेला
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
कतारी अमिरलाई स्वागत गर्न सांस्कृतिक भेषभूषामा नेपाली (तस्वीरहरू)
रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ
रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार