धनुषामा एक महिलाको विभत्स हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
२९ पटक हेरिएको
Shares
धनुषामा एक महिलाको विभत्स हत्या

सारांश

  • धनुषामा एक महिलाको विभत्स हत्या भएको छ ।
  • धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।
  • शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो ।

 

२१ मंसिर, जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो । उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ ।

शरीर नग्न अवस्थामा थियो । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको छ ।धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ । हत्या भएकी महिलाको श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा छन् । मृतकका कान्छो छोराका अनुसार मंगबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो ।

तर त्यसको भोलिपल्ट रामपरीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो । अहिले एक जनालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ