हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
१३९ पटक हेरिएको
Shares
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

सारांश

  • गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
  • विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् ।
  • दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् ।

१९ चैत,काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् ।गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ ।

हनुमान जयन्ती हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ । विशेषगरी शक्ति, भक्ति, साहस र निष्ठाको प्रतिकका रूपमा हनुमानलाई पुज्ने गरिन्छ । देशभरका मन्दिरहरूमा पूजा–अर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रमहरू आयोजना हुने गर्छन् भने भक्तजनहरू बिहानैदेखि उपवास बस्दै मन्दिरमा दर्शनका लागि पुग्ने परम्परा रहेको छ ।आजको दिन पशुपतिनाथ क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको ठुलो भीड लागेको थियो । सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो भने मन्दिर परिसर व्यवस्थित र अनुशासित देखिएको थियो । गृहमन्त्री गुरुङको उपस्थितिले सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए ।

दर्शनपश्चात् गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गर्नुभएको बताइएको छ । साथै उनले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीहरूको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिएका हुन् ।यस क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले मन्दिर क्षेत्रको वर्तमान अवस्था, व्यवस्थापनका चुनौतीहरू तथा भइरहेका विकास निर्माणका कामबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए । गुरुङले धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।गृहमन्त्री गुरुङको आजको पशुपतिनाथ दर्शनलाई धार्मिक आस्था र सांस्कृतिक सम्मानसँगै आफ्नो कार्यकालको सुरुवातमा सकारात्मक सन्देश दिने कदमका रूपमा पनि लिइएको छ । साथै, हनुमान जयन्तीजस्तो पवित्र दिनमा गरिएको दर्शनलाई अझ विशेष र अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
विशेष महाधिवेशनले गर्‍यो आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय
विशेष महाधिवेशनले गर्‍यो आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय
बाजुराको बाम्का बजारमा आगलागी: सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख सहयोग गर्ने
बाजुराको बाम्का बजारमा आगलागी: सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख सहयोग गर्ने
नेपाल प्रहरी आजबाट दानबहादुर कार्कीको कमाण्डमा
नेपाल प्रहरी आजबाट दानबहादुर कार्कीको कमाण्डमा
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत: पाँच लाख नगद र पाँच ग्रेड बढुवा
बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत: पाँच लाख नगद र पाँच ग्रेड बढुवा
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित