गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
१७ पटक हेरिएको
Shares
गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प

सारांश

  • गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायात सञ्चालन ठप्प भएको छ ।
  • राइड सेयरिङलाई मान्यता दिनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले आफ्ना सवारी साधन घरमै थन्क्याएर आन्दोलन गरेका हुन् ।
  • गण्डकी प्रदेशभरि कतै पनि सवारी सञ्चालन नभएको र १९ गतेदेखि देशैभर सवारी नचल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदारप्रसाद पौडेलले जानकारी दिए ।

१५ जेठ,पोखरा ।

गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायात सञ्चालन ठप्प भएको छ । राइड सेयरिङलाई मान्यता दिनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीले आफ्ना सवारी साधन घरमै थन्क्याएर आन्दोलन गरेका हुन् ।गण्डकी प्रदेशभरि कतै पनि सवारी सञ्चालन नभएको र १९ गतेदेखि देशैभर सवारी नचल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदारप्रसाद पौडेलले जानकारी दिए ।

गण्डकीबाट कुनै पनि सार्वजनिक सवारी बाहिरिन र भित्रिन नपाउने उनले बताए । सार्वजनिक यातायात बचाउ संघर्ष समितिले तीन बुँदे माग अघि सारेर आन्दोलन गरेको हो । व्यवसायीका तीन बुँदे मागमा सरकारले ल्याएको नियमावली पूर्ण रूपमा खारेज हुनुपर्ने, सार्वजनिक सवारी संचालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने छ । गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।सार्वजनिक यातायात बन्द भएसँगै शिक्षा सेवा आयोगले लिने निमावि तहको परीक्षामा सहभागी हुने परीक्षार्थीलाई समस्या परेको छ । परीक्षा शनिबार पोखरामा हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?