सर्लाही प्रहरीले २ भारतीय नागरिकलाई गोली हानेर समात्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ६, २०८०
|
|
६१ पटक हेरिएको
Shares
सर्लाही प्रहरीले २ भारतीय नागरिकलाई गोली हानेर समात्यो

सारांश

  • मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
  • बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
  • उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

६ चैत, सर्लाही। मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गएराति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए ।

त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीका एक अधिकृतले बताए । गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ । घटनाको विषयमा विस्तृत जानकारी दिन प्रहरीले मंगलबार बिहान साढे ९ बजे पत्रकार सम्मेलन गर्दैछ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले पत्रकार सम्मेलनमा विस्तृतमा जानकारी दिने भन्दै अहिले नै यो विषयमा केही भन्न नसकिने बताए । प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री
एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री
यूवा जनमत संघ बाराको संयोजकमा गुप्ता चयन
यूवा जनमत संघ बाराको संयोजकमा गुप्ता चयन
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु