Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
६९ पटक हेरिएको
Shares
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी

सारांश

  • मलंगवा – मधेस प्रदेश अन्तर्गत प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छात्रवृत्ति करारमा रहेका चिकित्सा अधिकृतहरुले हालसम्म तलव भुक्तानी नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।
  •   डाक्टरहरुले प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पताल प्रसाशन मार्फत ज्ञापनपत्र बुझाउँदै विगत श्रावण महिनादेखि तलब नपाएको कारण चिन्तित र निराश भएको बताएका छन्।
  • डा.

 

२९ असोज , सर्लाही । मलंगवा – मधेस प्रदेश अन्तर्गत प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छात्रवृत्ति करारमा रहेका चिकित्सा अधिकृतहरुले हालसम्म तलव भुक्तानी नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।  डाक्टरहरुले प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पताल प्रसाशन मार्फत ज्ञापनपत्र बुझाउँदै विगत श्रावण महिनादेखि तलब नपाएको कारण चिन्तित र निराश भएको बताएका छन्।

डा. पुरुषोत्तम प्रसाद यादव, डा. अमित कुमार ठाकुर, डा. अञ्जली कुमारी सागर, डा. सुजित शाह, डा. अनिल शाह लगायत अन्य चिकित्सकहरु ओपीडी, इमरजेन्सी सेवा, प्रसुती सेवा तथा अन्य महत्त्वपूर्ण विभागमा समर्पण र इमान्दारीका साथ कार्यरत छन्। तर तलब भुक्तानी नहुँदा व्यक्तिगत जीवनमा आर्थिक दबाब परेको उनीहरुको गुनासो छ। चिकित्सकहरुले असोज ३० गतेसम्म तलब भुक्तानी हुने लेखित प्रतिवद्धता माग गरेका छन्, अन्यथा कार्तिक १ गतेदेखि ओपीडी, आपत्कालीन सेवा, एसएनसीयू, प्रसुती विभाग लगायत अन्य सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

अस्पतालका अन्य चिकित्सा अधिकृतहरु डा. बिपुल कुमार झा, डा. मनिष साह, डा. संदिप कुमार रौनियार, डा. ओम सहनी लगायतले अस्पताल प्रशासन मार्फत यो चेतावनी सहितको ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले यो समयमा उनीहरुको तलब भुक्तानीमा देखाइएको अस्थिरताले उनीहरु आफ्नो काममा निरन्तरता दिन असमर्थ भएको उल्लेख गरेका छन्। प्रदेशका स्वास्थ्य अधिकारीहरुले यो विषयमा तुरुन्तै संज्ञान लिई समाधानको पहल नगरे चिकित्सकहरु सेवा बन्द गरेर विरोध गर्न बाध्य हुने बताएका छन्।

ज्ञापनपत्र

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित
आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
कोशी प्रदेसमाथि मधेशको १६५ रनको फराकिलो जित
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा हुने
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन
सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान