थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् प्रधानमन्त्री ओली केही बेरअघि विमानस्थल ओर्लिएका हुन्।
  • उनलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरे ।
  • त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् प्रधानमन्त्री ओली केही बेरअघि विमानस्थल ओर्लिएका हुन्।

उनलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरे ।त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम

महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका प्रमुखहरुसँग भेट गरे। ओलीले थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल भएको दाबी गरेको छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
कोशीको बर्खे अधिवेशन आजबाट
कोशीको बर्खे अधिवेशन आजबाट
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद
अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर