कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
५२ पटक हेरिएको
Shares
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने

सारांश

  • कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।
  • कोशी प्रदेशमा यसअघि सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय थिए।
  • प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार ती कार्यालय प्रत्येक जिल्लामा थिएनन्।

इटहरी-

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशमा यसअघि सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय थिए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार ती कार्यालय प्रत्येक जिल्लामा थिएनन्। कुनै जिल्लामा सहरी र पूर्वाधार दुईटै कार्यालय थिए। त्यसका कारण एउटा कार्यालयले दुई तीनवटा जिल्लासम्म हेर्नुपर्दथ्यो। अब प्रत्येक जिल्लाले आफ्नो जिल्लाको मात्रै काम हेर्नुपर्ने र यसले सेवा प्रवाहमा सजिलो हुनेछ। मन्त्री भण्डारीले यो निर्णयले काम छिटोछरितो र हुने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?