तातोपानी नाका दसैँअघि सञ्चालन गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
तातोपानी नाका दसैँअघि सञ्चालन गरिने

सारांश

  • तातोपानी नाका जोड्ने मुख्य सडक दसैँअगाडि सञ्‍चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न-गराउन सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार सरोकारवालाहरूको बैठकमा यस्तो निर्देशन दिएका हुन्।
  • बैठकले नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलाको पहिरो हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन पनि निर्देशन दिएको छ।

४ असोज, काठमाडौँ ।

तातोपानी नाका जोड्ने मुख्य सडक दसैँअगाडि सञ्‍चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न-गराउन सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार सरोकारवालाहरूको बैठकमा यस्तो निर्देशन दिएका हुन्। बैठकले नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलाको पहिरो हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन पनि निर्देशन दिएको छ। यसैगरी काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनमध्ये यात्रुवाहक सार्वजनिक सवारीसाधनले नागढुंगा-सिस्नेरी- सुरुङमार्ग प्रयोगन गर्न पाउने भएका छन्।

काठमाडौँ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।यसैगरी राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुवाहक सवारीसाधनहरुको आवागमन प्राथमिकता दिनुपर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर ठूला भारवाहन सवारीसाधन चल्न नपाउने भएका छन्।

खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनहरुलाई भने निरन्तर आवागमन हुने व्यवस्था गराइने भएको छ। मुलुकभरका मुख्य सडकहरुलाई चुस्तदुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल-नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न पनि सडक विभागलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
गौशालामा तनाव, आचार्य श्रीनिवास पक्राउ
गौशालामा तनाव, आचार्य श्रीनिवास पक्राउ
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित
सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन