सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ९, २०८३
|
|
१३६ पटक हेरिएको
Shares
सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा

सारांश

  • मंगलबार सेयर बजार करिब ४ महिनाकै न्यूनतम बिन्दुमा झरेको छ ।
  • यस दिन नेप्से परिसूचक २६.
  • १६ अंक घटेको हो ।

९ असार, काठमाडौं ।

मंगलबार सेयर बजार करिब ४ महिनाकै न्यूनतम बिन्दुमा झरेको छ । यस दिन नेप्से परिसूचक २६.१६ अंक घटेको हो । अघिल्लो दिन १.४६ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २६७४ अंकमा कायम भएको छ । यो अंक फागुन १७ यताकै न्यून हो । फागुन १७ गते नेप्से २७७३ अंकमा थियो । आज बजार परिसूचक दिनभरजसो रातो रह्यो । अघिल्ला दिनहरूमा प्रायः एकल अंकमा घटबढ भइरहेको बजारमा मंगलबारको गिरावट दर केही ठूलो हो ।  कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३६ करोडको भयो । जम्मा २२ कम्पनीको मूल्य बढ्दा २३९ को घट्यो भने ११ को स्थिर रह्यो ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९२ प्रतिशत घट्यो । बैंकिङ ०.२९, विकास बैंक ०.४३, फाइनान्स १.२८, होटल तथा पर्यटन १.११, जलविद्युत् १.६३, लगानी १.०३, जीवन बीमा ०.८५, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा १.०१, अन्य ०.६७ तथा व्यापार १.५७ प्रतिशत घटे। शुक्रबार मात्रै सूचीकृत भएका दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि दुवै कम्पनीको मूल्य ३९६.७० रुपैयाँ पुगेको छ । बुंगल हाइड्रोपावरको मूल्य १५ प्रतिशत घट्यो । एपोलो हाइड्रोपावरको ११.१२, सोपान फर्मास्युटिकल्सको ७.०५, कालिन्चोक हाइड्रोपावरको ५.६४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत्, सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर र बुंगल हाइड्रोपावर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल
गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने
अर्थमन्त्री चढ्ने दुईसहित अर्थका ४४ गाडी जले
अर्थमन्त्री चढ्ने दुईसहित अर्थका ४४ गाडी जले
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?
१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?