सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो स्थानीयसँग विवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
१७४१ पटक हेरिएको
Shares
सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो स्थानीयसँग विवाद

सारांश

  • पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ ।
  • स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।
  • उनीहरूले सुस्ता गाउँपालिका ५ थारु टोलमा बन्दै गरेका १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका स्थानीयले बताएका छन् ।

१७ साउन, बुटवल ।

पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ । स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए । उनीहरूले सुस्ता गाउँपालिका ५ थारु टोलमा बन्दै गरेका १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका स्थानीयले बताएका छन् । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयबासी प्रतिवादमा उत्रिएका छन् ।

सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा ३ सय मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको बताए । स्थानीयले रोक्ने प्रयास गरेपनि हतियारसहित आएकाले रोक्न नसकिएको तर, विवाद भएको उनले जानकारी दिए । यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाब दिएपछि रोकिएको थियो । सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ । स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक–पटकको हस्तक्षेपका कारण त्यहाँ विवाद दोहोरिने गरेको छ । भारतीय पक्षले बाँध भत्काएपछि अप्रिय घटना हुननदिन नेपालको सशस्त्र प्रहरी बल पनि घटनास्थल पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योग र ध्यानले भ्रष्टाचार हट्न सक्छ  : शिक्षामन्त्री पुन
योग र ध्यानले भ्रष्टाचार हट्न सक्छ : शिक्षामन्त्री पुन
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन : प्रचण्ड
यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन : प्रचण्ड
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
बझाङमा ट्याक्टर दु*र्घटना, २ जनाको मृ*त्यु
बझाङमा ट्याक्टर दु*र्घटना, २ जनाको मृ*त्यु
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ
मधेशमा डिपबोरिङ जडान सुरु
मधेशमा डिपबोरिङ जडान सुरु
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने