परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

सारांश

  • परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन् ।
  • उनी आज दिउँसो १२ बजेर २० मिनेटको उडानबाट सिचुआन प्रान्तको राजधानी छेङ्दु प्रस्थान गर्दैछिन् ।

१३ मंसिर, काठमाडौं ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन् । उनी आज दिउँसो १२ बजेर २० मिनेटको उडानबाट सिचुआन प्रान्तको राजधानी छेङ्दु प्रस्थान गर्दैछिन् ।

मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमै भेटवार्ता गर्ने तय भएको छ । ‘चिनियाँ विदेशमन्त्री पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम छ,’ स्रोतले भन्यो, ‘दुई समकक्षीबीच छेङ्दुमै भेटवार्ता हुनेछ ।’ भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री राणा सोही भ्रमणको तयारीका लागि आजै चीन जान लागेकी हुन् । उनी प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य
मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
प्रधानमन्त्रीले गरे कोसी लगानी सम्मेलन उद्घाटन
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
थुनामा राख्ने आदेशविरुद्ध छविलाल उच्च अदालत
थुनामा राख्ने आदेशविरुद्ध छविलाल उच्च अदालत