गजेन्द्र दास हत्याका आरोपी २ वर्षपछि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
गजेन्द्र दास हत्याका आरोपी २ वर्षपछि पक्राउ

सारांश

  • रौतहटको राजदेवी नगरपालिका–१ का गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ परेका छन् ।
  • दासको हत्या आरोपमा रामनरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
  • रौतहटको राजदेवी–१ का २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बुधबार पक्राउ गरेको हो ।

 

१९ पुस, काठमाडौं । रौतहटको राजदेवी नगरपालिका–१ का गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ परेका छन् । दासको हत्या आरोपमा रामनरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । रौतहटको राजदेवी–१ का २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बुधबार पक्राउ गरेको हो ।

दासको २४ फागुन २०७९ मा हत्या भएको थियो । यादवले २५ वर्षीय दासलाई कुटपिट गरी हत्या गरेको आरोप छ । अनुसन्धानमा सहयोग गरेमा सजायमा छुट हुने व्यवस्था अनुसार उनको परिवारलाई कानूनी परामर्श गरिएको थियो । त्यसपछि यादव प्रहरी कार्यालयमा आफैं उपस्थित भएको रौतहटका इन्सपेक्टर रामकुमार महतोले बताए ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?