सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू

सारांश

  • निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेका नेताहरुमा आरोप प्रत्यारोप शुरु भएको छ ।
  • नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् भने उनलाई कैयौं नेताहरुले साथ पनि दिइरहेका छन् ।
  • तर अध्यक्ष केपी शर्मा ओली पक्ष भने डिफेन्सिभ देखिएको छ ।

३० फागुन,काठमाडौं ।

निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेका नेताहरुमा आरोप प्रत्यारोप शुरु भएको छ ।

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् भने उनलाई कैयौं नेताहरुले साथ पनि दिइरहेका छन् । तर अध्यक्ष केपी शर्मा ओली पक्ष भने डिफेन्सिभ देखिएको छ ।

यसैबीच नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले योगेश भट्टराईले चुनावमा महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्– अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु ।

त्यस्तै एमाले नेता गोकुल बास्कोटाले अर्का नेता शेरबहादुर तामाङलाई अवसरवादी भनेका छन् । उनले तामाङले आफु र आफ्नी श्रीमतीको पद प्राप्तिको लागि गुट बदलेको आरोप लगाएका छन् । उनले भनेका छन्– भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन । म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन । ०३८ यताका ईतिहस हेरौ न । नेकपा एमालेले भर्खरै सम्पन्न चुनावमा प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकमा तेस्रो हुदै १६ सिट जितेको छ । अघिल्लो चुनावमा समानुपातिकतर्फ एमाले पहिलो दल थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै
पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै
एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?
एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
सिन्धुलीमा खोलाले बगाउँदा चार वर्षीय बालकको मृत्यु
सिन्धुलीमा खोलाले बगाउँदा चार वर्षीय बालकको मृत्यु
काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी
काठमाडौँका १०७ विद्यालय खारेज गर्ने तयारी
वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड
वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन पहल
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन पहल
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत