२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
४०८ पटक हेरिएको
Shares
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन

सारांश

  • २४ भदौमा ज्यान गुमाएकामध्ये ७ जनाको शवबाट डीएनए प्रोफाइलिङ गर्नसमेत कठिनाइ हुँदा परिवारलाई जिम्मा लगाउन सकस परेको छ ।
  • चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएका ती शवबाट डीएनए जाँचका लागि नमुनासमेत संकलन गर्न नसकिएको हो ।
  • जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार जेन–जी आन्दोलन आसपासका समयमा हराएका व्यक्तिको रिपोर्टका आधारमा उनीहरूको परिवार पत्ता लगाउने कोसिस भइरहेको छ ।

७ वैशाख, काठमाडौं ।

२४ भदौमा ज्यान गुमाएकामध्ये ७ जनाको शवबाट डीएनए प्रोफाइलिङ गर्नसमेत कठिनाइ हुँदा परिवारलाई जिम्मा लगाउन सकस परेको छ । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएका ती शवबाट डीएनए जाँचका लागि नमुनासमेत संकलन गर्न नसकिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार जेन–जी आन्दोलन आसपासका समयमा हराएका व्यक्तिको रिपोर्टका आधारमा उनीहरूको परिवार पत्ता लगाउने कोसिस भइरहेको छ । तर, डीएनएसमेत निकाल्न कठिनाइ भएपछि समस्या भएको उनी बताउँछन् । ‘त्यो अवधिमा आफन्त हराएको भन्दै आएका उजुरीहरूलाई आधार बनाएर अनुसन्धान गरेका थियौं,’ थापाले भने, ‘त्यसक्रममा यो घटनासँग सम्बन्धित हुन सक्ने ७–८ वटा फाइललाई छुट्टै हेरिरहेका छौं ।

प्रहरीले घटना भएको केही दिनपछि शवहरू संकलन गरेर त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा बुझाएको थियो । तर, चिकित्सकहरूले शवको पोस्टमार्टम जाँच गर्न सकिने अवस्था नै नरहेको जवाफ दिएका थिए । फरेन्सिक विभागका एक चिकित्सकका अनुसार प्रहरीले त्यसबेला फरकफरक झोलामा राखेर शवको जलेका अवशेषहरू ल्याएको थियो, जसमा परीक्षण गर्न सकिने केही बाँकी थिएन । ‘प्रहरीले ल्याएको शव लगभग पूर्णतः खरानी भइसकेको थियो, त्यसैले डीएनए जाँचमार्फत प्रक्रिया अघि बढाउन सकिने राय दिएका थियौं,’ उनले भने, ‘बाँकी अवशेषहरूचाहिँ यहीं राखेका थियौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीको विद्युत सब – स्टेसनमा आगलागी हुँदा करोडौंको क्षति
गुल्मीको विद्युत सब – स्टेसनमा आगलागी हुँदा करोडौंको क्षति
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस
एकै पटक ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)
एकै पटक ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा (सूचीसहित)
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
बालेनले आयोगमा बुझाए १४ लाख १७ हजार चुनावी खर्चको विवरण
हमास ३४ बन्धकलाई रिहा गर्न तयार, सम्झौताका लागि इजरायलसँग वार्ता
हमास ३४ बन्धकलाई रिहा गर्न तयार, सम्झौताका लागि इजरायलसँग वार्ता
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा
धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा