२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २१, २०८२
|
|
३३ पटक हेरिएको
Shares
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

सारांश

  • साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.
  • ४८ अंकको गिरावट आएको छ ।
  • नेप्सेमा गिरावट आएसँगै यसदिन नेप्से २६०९.

२१ मंसिर,काठमाडौं

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै यसदिन नेप्से २६०९.६९ विन्दुमा झरेर रोकिएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स २.७० अंक, फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेका छन् । अघिल्लो कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ । कुल ८९ हजार ७३१ पटकको किनबेचमा उक्त कारोबार भएको हो ।
आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर घटेको छ र ८ कम्पनीको शेयर स्थीर रहेको छ ।


यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसदिन कारोारमा आएका धेरै स्टकहरुको कारोबार नकारात्मक भएपनि बंष्गल हाइड्रोको शेयर मूल्य भने सबैभन्दा बढी ८.५१ प्रतिशतले घटेर प्रतिकित्ता ६०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।


कारोबार रकमका आधारमा सागर डिस्टिलरी, नाग्दी ग्रप पावर, बन्दिपुर केबलकार र युनाइटेड मोदी हाइड्रोको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ । यस दिन वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?