Press 4K
मंगलबार, ३० भाद्र २०८३

शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसहरुले ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
शपथ ग्रहण अघि के भने नवनिर्वाचित सांसहरुले ?

सारांश

  • प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसरमा उपस्थित भइरहँदा विभिन्न दलका सांसदहरूले आफ्ना प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद केपी खनालले सञ्चारकर्मीसँग कुरा गर्दै सुशासनका तीन आधार स्तम्भ पारदर्शिता, इमान्दारिता र जवाफदेहिताबाटै परिणाम आउने गरि काम गर्ने बताएका छन् ।
  • उनले भने, ‘पारदर्शी, इमान्दारिता, जवाफदेहिता—यी नै बीचमा सबै कुरा हुन्छन् ।

१२ चैत,काठमाडौं ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसरमा उपस्थित भइरहँदा विभिन्न दलका सांसदहरूले आफ्ना प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद केपी खनालले सञ्चारकर्मीसँग कुरा गर्दै सुशासनका तीन आधार स्तम्भ पारदर्शिता, इमान्दारिता र जवाफदेहिताबाटै परिणाम आउने गरि काम गर्ने बताएका छन् ।

उनले भने, ‘पारदर्शी, इमान्दारिता, जवाफदेहिता—यी नै बीचमा सबै कुरा हुन्छन् । यी तीन कुराबाट डेलिभरी हुन्छन् ।’ यस्तै, रास्वपाका अर्का सांसद रमेश प्रसाइले जनताको अपेक्षा अत्यन्त सामान्य रहेको उल्लेख गर्दै आधारभूत सेवा सहज बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘जनताले धेरै ठूलो कुरा मागेका छैनन् । अस्पतालमा बेड पाउन सोर्स–फोर्स लगाउन नपरोस्, सरकारी कार्यालयमा सामान्य काम गराउन घण्टौं, हप्तौं लाइन बस्न नपरोस् । विपद् पर्दा सरकार भएको अनुभूति होस्, राज्यले अभिभावकीय भूमिका निभाओस् भन्ने हो ।’

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहले सकारात्मक र रचनात्मक भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘अहिले हामी सकारात्मक काममा, राम्रा काममा साथ र सहयोग गरेर अगाडि बढ्ने छौं । देश र जनताको हितमा काम गर्ने पक्षमा हुन्छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...