निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ ।
  • प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सो पार्टीले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।
  • माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको दोहोर्याउँदै मतदाता नामावली अद्यावधिक गर्न निर्देशन जारी गरेको समेत जानकारी गराएको थियो।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सो पार्टीले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको दोहोर्याउँदै मतदाता नामावली अद्यावधिक गर्न निर्देशन जारी गरेको समेत जानकारी गराएको थियो। यस्तै, घोषित मितिमा निष्पक्ष धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा राखेको थियो । आफूहरुले निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेको उल्लेख गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका अन्य दललाई पनि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको थियो । बैठकमा माओवादी केन्द्रका तर्फबाट नेताहरु पम्फा भुसाल र बर्षमान पुन सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्च अदालतले मगाएको महान्यायाधिवक्ताको दोस्रो निर्णयमा के छ ?
सर्वोच्च अदालतले मगाएको महान्यायाधिवक्ताको दोस्रो निर्णयमा के छ ?
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
मधेशमा जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै
मधेशमा जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको विरोध
प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको विरोध
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै