वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आगलागी, सात घर जलेर नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ११, २०८१
|
|
४० पटक हेरिएको
Shares
वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आगलागी, सात घर जलेर नष्ट

सारांश

  • वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएका छन् ।
  • वीरगञ्ज महानगरका– १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए ।
  • ‘सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ’, उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ ।

११ वैशाख, पर्सा। वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएका छन् ।

वीरगञ्ज महानगरका– १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए । ‘सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ’, उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए । आगलागीबाट महेन्द्र सहनी, मैना सहनी, वीरेन्द्र सहनी, तुहान सहनी, फुलदेव सहनी, अभय सहनी तथा अदालत साहको घर, खाद्यान्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएको हो । वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
करोडौँको योजना कार्यान्वयन हुन सकेन
करोडौँको योजना कार्यान्वयन हुन सकेन
चालू खाता साढे २ खर्ब र भुक्तानी सन्तुलन ४ खर्ब बढीले बचतमा
चालू खाता साढे २ खर्ब र भुक्तानी सन्तुलन ४ खर्ब बढीले बचतमा
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने
बाराको सिमरामा कर्फ्यू आदेश जारी
बाराको सिमरामा कर्फ्यू आदेश जारी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी