प्यूठानका बिभिन्न स्थानमा ५ वटा शव भेटियो
सारांश
- माडी नदी र सोही नदीको सहायक लुङ्ग्री खोला किनारमा ती शव फेला परेको प्रहरीले जनाएको छ।
- जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिकाको जुडापाटमा माडी नदी किनारमा पहिचान नखुलेका अन्दाजी १२ वर्षका बालकको शव फेला परेको छ।
- यस्तै स्वर्गद्वारीस्थित माडी नदीकै किमिचौरमा एक पुरूष तथा स्वर्गद्वारी नगरपालिकाको गोठिवाङस्थित माडी किनारमै एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारिले जानकारी दिए ।
प्यूठान — प्यूठानको बिभिन्न स्थानमा ५ वटा शव फेला परेका छन् । माडी नदी र सोही नदीको सहायक लुङ्ग्री खोला किनारमा ती शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिकाको जुडापाटमा माडी नदी किनारमा पहिचान नखुलेका अन्दाजी १२ वर्षका बालकको शव फेला परेको छ। यस्तै स्वर्गद्वारीस्थित माडी नदीकै किमिचौरमा एक पुरूष तथा स्वर्गद्वारी नगरपालिकाको गोठिवाङस्थित माडी किनारमै एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारिले जानकारी दिए ।

बिहीबार बिहान साढे ९ बजेको समयमा स्वर्गद्वारी नगरपालिकाको सरोजास्थित लुङग्री खोला किनारमा बायाँ खुट्टाको घुँडादेखि तलको भाग नरहेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै बिहान १० बजेतिर माण्डवी गाउँपालिका ३ अर्दुसस्थित माडि खोला किनारमा पनि अर्का एक पुरूषको शव फेला परेको छ ।
प्रतिक्रिया