असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स
सारांश
- चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ ।
- यो हालसम्मकै कीर्तिमानी अंक हो ।
- मासिक रेमिट्यान्स आप्रवाह यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ अर्ब भित्रिएको थियो ।
३ मंसिर, काठमाडौं ।
चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै कीर्तिमानी अंक हो । मासिक रेमिट्यान्स आप्रवाह यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ अर्ब भित्रिएको थियो । चालु आव असोजमा चाडबाड तथा रसुवा बाढीका कारण पनि रेमिट्यान्स आप्रवाह बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८३/८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया