‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
१४४ पटक हेरिएको
Shares
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’

सारांश

  • नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तरक्रिया भएको छ ।
  • कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो ।
  • उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि रहेको बताएका छन् ।

२७ फागुन,काठमाडौं ।

नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तरक्रिया भएको छ । कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो । उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि रहेको बताएका छन् ।

उनले पुराना दलहरूले कुनै काम नगरेको भन्ने कुरा सही नभए पनि जनअपेक्षा अनुसार विकासको गति हासिल गर्न नसकेको वास्तविकता रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता क्षेत्रमा उल्लेखनीय काम भए पनि अपेक्षित स्तरमा परिवर्तन आउन नसकेको बताए । उनले भने, ‘पुरानो पार्टीहरुसँग नेपाली जनता त्यति सन्तुष्ट छैनन् । असन्तुष्टिको भाव व्यक्त गरेर अहिले प्रतिनिधिसभाको नतिजा आएको छ । पुरानो दलले केही काम गरेको छैनन् भन्न त मिल्दैन । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारको क्षेत्रमा प्रशस्त काम भएका छन् । तर एउटा कुरा सत्य के हो भने जति हुनुपथ्र्यो जनअपेक्षा बमोजिम त्यो हुन सकेन । छलाङ अर्थात फड्को मार्न सकेनन् ।’

उनले अहिले देखिएको प्रतिनिधिसभाको नतिजाले पनि जनताको असन्तुष्टिको भावना स्पष्ट रूपमा व्यक्त गरेको बताए । माघ १२ गते राष्ट्रिय सभाको १८ पदका लागि चुनाव भएको थियो । नेपाली कांग्रेसका ९ जना निर्वाचित भएका थिए । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज अन्तक्र्रिया भएको हो । कार्यक्रममा पार्टीका राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए । राष्ट्रिय सभामा कांग्रेसका २४ जना सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
१० अर्बको राहत कोष स्थापना गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति कोइरालाको निधन
नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति कोइरालाको निधन
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं
रास्वपा महाधिवेशनः मतदान भोलि
रास्वपा महाधिवेशनः मतदान भोलि
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द
करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु