बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
६२ पटक हेरिएको
Shares
बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

सारांश

  •   हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् ।
  • अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् ।
  • भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताउनुभयो ।

४ वैशाख, हुम्ला । 

हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् । भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताउनुभयो । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।

एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पसेको पहिरोका कारण २६ वटा बाख्रा मरेका र केही बेपत्ता रहेका उल्लेख गर्नुभयो । आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुर्‍याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताउनुभयो । वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली–२ अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्‍याएको उहाँहरूले जानकारी दिनुभयो । यहाँका अधिकांश घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
नागरिक एपमार्फत राहदानी आवेदन दिन मिल्ने सुविधा ल्याउँदै सरकार
नागरिक एपमार्फत राहदानी आवेदन दिन मिल्ने सुविधा ल्याउँदै सरकार
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न
अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा
अहिलेको संविधानअनुसार कसैको बहुमत आउँदैन : देउवा
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग