महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
२९ पटक हेरिएको
Shares
महायज्ञबाट चार करोड ८४ लाख सङ्कलन

सारांश

  • धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा उक्त रकम दाताबाट सङ्कलन भएको हो ।
  • एक सातासम्म सञ्चालित महायज्ञमा सहभागी दानदाताहरूले गक्षअनुसारको दान गरेर सडक आश्रित व्यक्तिहरूका लागि भवन निर्माणमा सहयोग पुयाएका मानव सेवा आश्रमका सल्लाहकार सिद्धराज पनेरुले बताउनुभयो ।
  • महायज्ञ गत माघ २३ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो ।

१ फागुन , काठमाडौँ, मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ । धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा उक्त रकम दाताबाट सङ्कलन भएको हो ।

एक सातासम्म सञ्चालित महायज्ञमा सहभागी दानदाताहरूले गक्षअनुसारको दान गरेर सडक आश्रित व्यक्तिहरूका लागि भवन निर्माणमा सहयोग पुयाएका मानव सेवा आश्रमका सल्लाहकार सिद्धराज पनेरुले बताउनुभयो । महायज्ञ गत माघ २३ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो । महायज्ञमा भाष्कर कमलनयन गौतमले  सङ्गीतमय श्रीमद् भागवत् कथा वाचन गर्नुभएको थियो ।

विसं २०७५ मङ्सिर १ गते धनगढी उपमहानगरपालिका–५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको आश्रमले आफ्नै भवन निर्माणको पहल थालेको सल्लाहकार पनेरुले बताउनुभयो । शाखाले हालसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका तीन सय ८८ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनादेखि मेयरको घरमा थन्कियो कमला नगरपालिकाको एम्बुलेन्स
दुई महिनादेखि मेयरको घरमा थन्कियो कमला नगरपालिकाको एम्बुलेन्स
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
पूर्वप्रधानमन्त्री खनालकी श्रीमतीलाई ज्युँदै जलाइयो
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना