पुनः आन्दोलनमा सुनचाँदी व्यवसायी, न्यूरोडको यातायात प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
४४ पटक हेरिएको
Shares
पुनः आन्दोलनमा सुनचाँदी व्यवसायी, न्यूरोडको यातायात प्रभावित

सारांश

  • नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।
  • बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
  • यसअघि पनि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले ५ असारदेखि आन्दोलन स्थगित गरेका थिए ।

१३ असार, काठमाडौं ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् । बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् । यसअघि पनि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले ५ असारदेखि आन्दोलन स्थगित गरेका थिए । सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएसँगै आन्दोलन स्थगित गरेका उनीहरू माग पूरा नभएपछि पुनः आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि पनि उनीहरू बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग राख्दै उनीहरू व्यवसाय बन्द गरेर आन्दोलनमा थिए । उनीहरूले असार मसान्तभित्र माग सम्बोधन नभए विभिन्न विषयगत समूह मार्फत साझा संघर्ष तथा सशक्त आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् । विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने थियो । तर, अहिलेको बजेट मार्फत अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्न थालेको छ । बैंक वा होलसेल (थोक) पसलले ढिक्का सुन बेच्दा पनि २ प्रतिशतको विलासिता शुल्क लागु हुन थालेको हो । जुनसुकै मूल्यका सुनका गहना खरिदमा पनि २ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्थाका कारण सुन वा सुनका गहनामा कम्तीमा ६ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्था आएको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी
बिर्तामोडका पूर्वमेयर शिवाकोटी र डाक्नेश्वरी-१ का वडाध्यक्ष साह जेल चलान
बिर्तामोडका पूर्वमेयर शिवाकोटी र डाक्नेश्वरी-१ का वडाध्यक्ष साह जेल चलान
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
एमाले मतदान अपडेट : सात घण्टामा ७२० मत खस्यो
एमाले मतदान अपडेट : सात घण्टामा ७२० मत खस्यो
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक