जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक

सारांश

  • जेनजी आन्दोलनताका गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४ को घटना गराइएको बताएका छन् ।
  • जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
  • उनले २४ भदौको विध्वंश पूर्वनियोजित र योजनाबद्ध रूपमा घटाइएको भन्दै २३ मा भएको हताहतीको आवेगप्रेरित मात्र नभएको बताए ।

१४ पुस, काठमाडौं ।

जेनजी आन्दोलनताका गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४ को घटना गराइएको बताएका छन् । जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले २४ भदौको विध्वंश पूर्वनियोजित र योजनाबद्ध रूपमा घटाइएको भन्दै २३ मा भएको हताहतीको आवेगप्रेरित मात्र नभएको बताए । जेनजीले असल मनोभावनाका साथ सुरु गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेर राष्ट्रविरुद्ध नै आक्रमण गरिएको उनको भनाइ छ । ‘जेनजी पुस्ताले असल मुद्दा र असल मनासायसहित २३ भदौमा प्रदर्शन आयोजना गरेका थिए । माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वर पुग्दानपुग्दै घुसपैठ भयो,’ उनले भने, ‘प्रदर्शनमा घुसपैठ भएको कुरा युवा पुस्ताका भाइबैनीहरूले नै आन्दोलन हाइज्याक भयो भनेर घर फर्कन आह्वान गर्नुले पुष्टि हुन्छ । यसरी आन्दोलन हिंसात्मक बनाइयो, जसका कारण दु:खद घटना हुन पुग्यो । धेरैको मृत्यु भयो, धेरै घाइते हुनुभयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाल सात दिनमा दर्ता नभए निष्क्रिय पारिने
सामाजिक सञ्जाल सात दिनमा दर्ता नभए निष्क्रिय पारिने
कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल
कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते
पिकअप भ्यानले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
अपराधका घटना अपेक्षाअनुसार नियन्त्रण गर्न सकिएको छैन : गृहमन्त्री लेखक
अपराधका घटना अपेक्षाअनुसार नियन्त्रण गर्न सकिएको छैन : गृहमन्त्री लेखक
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
देश गम्भीर अवस्थामा छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : घिसिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै
जाजरकोटमा जिप दुर्घटना, एकको मृ*त्यु, तीन घाइते
जाजरकोटमा जिप दुर्घटना, एकको मृ*त्यु, तीन घाइते
प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल
प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल