भिजिट भिसालाई लिएर सांसदबीच चर्काचर्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
भिजिट भिसालाई लिएर सांसदबीच चर्काचर्की

सारांश

  • भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्को विवाद भएको छ ।
  • सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरुले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।
  • बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफुहरुले छानबिन समितिको माग गरको धारणा राखेका थिए ।

३० जेठ, काठमाडौं ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्को विवाद भएको छ । सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरुले आपत्ति जनाएपछि चर्को विवाद भएको हो । बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफुहरुले छानबिन समितिको माग गरको धारणा राखेका थिए ।

उनले संसदीय समितिमा मानव तस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्विप मानेर निरीह बनेर बस्ने गरेको टिप्प्णी गरेपछि विवाद चर्किएको थियो । सांसद पराजुलीले भिजिट भिसा प्रकरणको बिषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग समेत गरे । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो ? भन्दै उनले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरुले आपत्ति जनाएका थिए । नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको बिषय नभएको बताए । उनले विषयबस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै रुलिङ गर्न माग गरे । विवाद भएपछि समिति सभापति अव्दुल खानले विषयबस्तुभित्र रहेर धारणा राख्न आग्रह गरेका थिए ।

सांसद पराजुलीले आफ्नो समयभित्र विषयबस्तु राख्दा आपत्ति हुनुपर्ने कारण स्पष्टसँग चाहिने बताए । पुनः कांग्रेस सांसद थापाले आफुहरुलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ मानवतस्करीको विरोध आफुहरुले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकेदार हो ? भन्दै आक्रोशित भएका थिए । रास्वपा सांसद पराजुलीले मानवतस्करीविरुद्ध सबैको एकमत भए छानबिन समिति गठन गर्न चुनौती दिए । पुनः विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयबस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका बिषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसपछि आफुले बोलेको बिषयमा नै छानबिन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाए । विवाद बढ्दै गएपछि सभापति खानले विषयबस्तुमा बोल्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
जनकपुरले गुमायो तेस्रो विकेट
जनकपुरले गुमायो तेस्रो विकेट
अण्डाको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो ?
अण्डाको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो ?
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
बागमती प्रदेश सभाको बैठक आज बस्दै
बागमती प्रदेश सभाको बैठक आज बस्दै
हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
हुम्ला हिमपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन