जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
७९ पटक हेरिएको
Shares
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक

सारांश

  • गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।
  • यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो।
  •   तर अहिले टाइम्स अफ इजरायलले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिनको नाम  पनि समावेश छ ।

२६ असोज, गाजा ।

गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो।  तर अहिले टाइम्स अफ इजरायलले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिनको नाम  पनि समावेश छ ।  मृतक २६ बन्धकमा सन् २०१४ मा मारिएका एक इजरायली सैनिक पनि समावेश छन्। शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ देखि सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने आशा जगाएको  छ।  गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएका छन्। इजरायली कारबाहीमा ज्यान गुमाउने आधा महिला र बालबालिका छन्।

गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको बताइएको छ । २५१ मध्ये गाजामा हाल ४८ बन्धक छन्। इजरायलले २५ बन्धक मारिएको बताएको छ। शुक्रबार भएको युद्धविरामसँगै सोमबार बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। बिपिन गाजामा अहिले जीवित एकमात्र गैर–इजरायली बन्धक हुन्। गाजा सीमाको किबुट्ज अलुमिममा काम र कृषि अध्ययनका लागि पुगेका १७ नेपाली विद्यार्थीमध्ये १० को आक्रमणमा मृत्यु भएको थियो। जोशीले बम आश्रयबाट ग्रेनेड फ्याँकेर धेरैलाई बचाएका थिए। तर आफू घाइते भएर अपहरणमा परेका थिए। केहिदिन अघि मात्रै  सार्वजनिक  गरिएको भिडिओमा उनले भनेका छन्, ‘मेरो नाम बिपिन जोशी हो, म नेपालबाट आएको हुँ। म यहाँ सिक्न र कमाउन कार्यक्रममा कृषि फार्ममा काम गर्दैछु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार
सुन र चाँदीको मूल्यमा रेकर्ड
सुन र चाँदीको मूल्यमा रेकर्ड
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
सुकुम्बासीमाथि दमन भएको भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन  
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो